काठमाडाै, सभामुख सापकोटाले सिन्धुपाल्चोकका बाढी पीडितको उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् ।
आज जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका उनले पहिलो प्राथमिकतामा उद्धार र त्यसपछि राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन् । निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उनले बाढीपहिरोले भौतिक पूर्वाधारमा ठुलो क्षति भएको भन्दै त्यसको पुन:निर्माणका लागि पनि योजना बनाएर अघि बढ्नुपर्ने खाँचो औंल्याए ।
झोलुङ्गे पुल, पक्की पुल लगायत ‘कनेक्टिभिटी’ मा पनि ठुलो क्षति भएको जनाउँदै उनले तिनको पुन:निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । आफू काठमाडौं फर्किएर यसबारे संघीय सरकारको ध्यानाकर्षण गराउने उनले बताए ।
उनले बाढीपहिरो पीडितका लागि तत्काल गाँस, बास र कपासको खाँचो रहेको भन्दै सहयोगका लागि सरकार र दाताहरूलाई आग्रहसमेत गरेका छन् । सभामुख सापकोटा निवर्तमान प्रतिनिधिसभामा सिन्धुपाल्चोकबाट विजयी भएका थिए । सापकोटाका निरीक्षणका क्रममा साथ नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज दुलाल सामेल रहेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।