पोखरा, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्ट आइतबार बिहानै घिमिरेले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभाको निर्वाचनद्वारा एमाले नेता गुरुङको नेतृत्वमा प्रदेश सरकार स्थापना भएपछि २०७४ फागुन २१ गते घिमिरे मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।
तीन वर्ष ३ महिना सेवा गर्ने क्रममा आफूबाट कुनै कमीकमजोरी भएको भए क्षमा गर्न घिमिरेले गण्डकीका नागरिकसमक्ष अनुरोध गरेका छन् । २०७८ जेठ ३० गते मिति उल्लेख राजीनामा पत्रमा घिमिरेले लेखेका छन्, ‘सबैमा हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्दै मुख्य न्यायाधिवक्ताको पदबाट आजैका मितिबाट लागू हुनेगरी राजीनामा गरेको छु ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।