बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै रहेको सर्वदलीय बैठकको यस्तो निष्कर्ष

लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै रहेको सर्वदलीय बैठकको यस्तो निष्कर्ष

  • 1.8K
    SHARES

  • लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै रहेको सर्वदलीय बैठकको यस्तो निष्कर्ष

    काठमाडाै, सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष समेत निकालेका छन् ।

    बैठकपछि भने पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए । पटक - पटक संसद विघटन भएको छ ।

    यसमा साझा चिन्ता व्यक्त भयो, डा।भट्टराइले भने, ‘कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो । बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरिएका छन् ।

    नेता भट्टराईले भने संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको जानकारी दिए । उनले यसरी पटक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको​ पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको अनुसार निकास आउनेमा विश्वास गरिएको बताएका  छन् ।

    सभामुखलाई लोकतन्त्रको पक्षमा घच्घच्याउनुस्, लोकतन्त्र बचाइ राख्नुस् भनेर हामीले सुझाव दियौँ’,भट्टराइले भने, उनले आफ्नो प्रयास रहने बताएको छन् । नेता भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताए सभामुख सापकोटाले ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्री सहित दलका नेतासँग छलफल गरेका छन् ।

     

    शुक्रवार, जेठ २८ २०७८०६:३८:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार