बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुदूरपश्चिममा माधव नेपाल पक्षका १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिममा माधव नेपाल पक्षका १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

  • 1.4K
    SHARES

  • सुदूरपश्चिममा माधव नेपाल पक्षका १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौं, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका १७ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

    उनीहरुलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधिएको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए । एमालेको संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्लाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

    जनता समाजवादी पार्टी ९जसपा० र ओली पक्षका सात सांसदले भने विपक्षमा मतदान गरेका थिए । संसदीय दलले उनीहरुसित मंगलबार नै स्पष्टीकरण मागेको थियो । एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि संसदीय दलले उक्त निर्देशनलाई चुनौती दिएको थियो ।

    एमाले प्रदेश कमिटीले खनाल–नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी पनि दिएको छ ।

    बिहिवार, जेठ २७ २०७८०४:४९:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार