काठमाडौं, जसपाले गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत नदिने भएको छ ।
मुख्यमन्त्री गुरुङले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै जसपा सांसद हरिशरण आचार्यले विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् ।
गण्डकी प्रदेशसभामा जसपाका दुई सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । तीमध्ये एकजना माधवकुमार नेपाल समूहका हुन् ।
स्वतन्त्र सांसद तथा प्रदेश सरकारका मन्त्री राजीव गुरुङले विपक्षमा मतदान गर्ने बताएका छन् । तर, उनी सम्पर्क बाहिर रहेको स्रोतले जनाएको छ । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि विपक्षमा मतदान गर्ने सांसद पियारी थापाले बताइन् । उक्त पार्टीका सांसद कृष्ण थापाले मुख्यमन्त्रीका पक्षमा मतदान गर्ने घोषणा गरेका छन् ।
अर्का सांसद खिमबिक्रम शाहीले कसलाई मत दिने हुन् स्पष्ट छैन । प्रदेश सभामा कांग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसद छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।