बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मागेको जति मन्त्रालय नपाउने भएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

मागेको जति मन्त्रालय नपाउने भएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

  • 1.8K
    SHARES

  • मागेको जति मन्त्रालय नपाउने भएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

    काठमाडाै,   मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । 

    माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको छ । माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताएका छन् । 

    सामाजिक सञ्जालमार्फत उनले पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका छन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताएका छन् ।

    आजै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग त्यस्तो कुनै लिखित सहमति भएको छैन । माओवादीसँग कुरा नमिल्दा काँग्रेसतर्फका मन्त्रीहरुको शपथमा पनि ढिलाइ भएको हो ।

    बुधवार, जेठ २६ २०७८०९:४२:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार