बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रदेश २ मा काँग्रेसलाई तिन र माओवादीलाई दुई मन्त्रालय, आजै शपथ

प्रदेश २ मा काँग्रेसलाई तिन र माओवादीलाई दुई मन्त्रालय, आजै शपथ

  • 2.0K
    SHARES

  • प्रदेश २ मा काँग्रेसलाई तिन र माओवादीलाई दुई मन्त्रालय, आजै शपथ

    काठमाडाै, प्रदेश नम्बर २ को सरकारले मन्त्रिमण्डल विस्तार गर्ने छ ।

    मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार आजै साझ शपथग्रहण हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आजै काँग्रेससँगै माओवादी केन्द्रलाई पनि सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्न लागेको  छ ।  

    काँग्रेसलाई ३ वटा मन्त्रालय र माओवादीलाई पनि २ वटा मन्त्रालय दिने सहमति भएको छ ।  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए अनुसार रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र  वीरेन्द्र सिंह मन्त्री बन्नेछ । उनका अनुसार संसदीय दलका नेता राम सरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई संचार मन्त्रालयको जिम्मा दिइने सहमति हुनेछ । 

    माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने माओवादी स्रोतले जनाएको छ । उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको भने छैन । माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले मन्त्रालय बारे टुङ्गो लाग्न बाँकी रहेको बताएका छन् । 

    बुधवार, जेठ २६ २०७८०७:०४:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार