बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुदूरपश्चिम प्रदेशमा ओली पक्षका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम प्रदेशमा ओली पक्षका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

  • 1.8K
    SHARES

  • सुदूरपश्चिम प्रदेशमा ओली पक्षका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडाै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ जना प्रदेशसभा सदस्यलाई  एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ ।

    आज मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा भट्टको पक्षमा मतदान गर्ने दलको निर्णय उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको छन् । प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले आज २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

    स्पष्टिकरण पत्रमा निर्धारित समयभित्र जवाफ नदिए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय विधान अनुसार कारबाही गर्ने समेत चेतावनी दिए । तपाईले नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको निर्देशन (ह्वीप) उल्लंघन गर्ने गम्भीर अनुशासनहीन कार्य किन गर्नुभएको हो स्पष्ट खुलाई जेठ २६ गते ५ बजेभित्र नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहोला । स्पष्टीकरणमा भनिएको समेत छ ।

    निर्धारित समयभित्र स्पष्टिकरण पेश गर्नुभएन वा चित्तबुझ्दो स्पष्टीकरण दिएनन् भने तपाईलाई नेकपा (एमाले), प्रदेशसभा संसदीय दलको विधान,२०७८ को माथि उल्लेखित व्यवस्था बमोजिम कारवाही हुने जानकारी गराइन्छ । स्पष्टीकरण सोधिएका ७ जना सांसद अध्यक्ष ओली पक्षका हुन् भने संसदीय दलका नेता शाह खनाल नेपाल पक्षका छन् ।

    मंगलवार, जेठ २५ २०७८०९:१०:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार