सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको छ । मुख्यमन्त्री भट्टले आज विश्वासको मत दिँदैछन् ।
नेपाल पक्ष भट्टलाई विश्वासको मत दिने पक्षमा देखिएको छ । तर नेपाल पक्षका केही सांसद भट्ट सरकार जोगाउन नहुने पक्षमा रहेको बुझिएको छ । एमालेको नेपाल पक्षका मानिएका १८ जना सांसदले साथ नदिए भट्टलाई काँग्रेसले समर्थन गर्नुपर्ने अवस्था रहेको छ ।
एमाले प्रदेश कमिटीले भट्ट सरकारको विपक्षीमा उभिन ह्वीप जारी गरेको छ । तर यसअघि स्थायी कमिटीले सरकारबाट समर्थन फिर्ता लिन दिएको निर्देशन संसदीय दलले अवज्ञा गरेको थियो ।
जसकारण प्रदेश कमिटीले १० जना सांसदलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको छ । अहिलेसम्म केन्द्रबाट उनीहरुमाथि कारबाही भने भएको छैन । नेपाल पक्षका केही सांसदले भट्टलाई विश्वासको मत नदिने परिस्थिति बने नेपाली काँग्रेसले पनि सघाउने सहमति भएको छ ।
हिजो काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच उक्त समझदारी बनेको छ ।
काँग्रेस नेता भने एनपी साउदले पनि केन्द्रको गठबन्धनको मर्म अनुसार काँग्रेसले भूमिका निभाउने जानकारी दिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।