बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमणः मुख्यमन्त्री राई

राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमणः मुख्यमन्त्री राई

  • 1.7K
    SHARES

  • राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमणः  मुख्यमन्त्री राई

    काठमाडाै, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् ।

    प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निलेको टिप्पणी गरेका छन् ।

    उनले अहिले पनि त्यो कोभिडको संक्रमण जारी रहेको बताए । ‘नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो । केन्द्रबिन्दु धुम्बाराही काठमाडौं,’ उनले भने, कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधै सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन ।

    उनले प्रदेश १ प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको बताए । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए । संघीयता शिशु अवस्थामा छ रहेको र यसलाई हुर्काउने, बढाउने तथा दरिलो गतिमा उभ्याएर रेलको गतिमा दौडाउने जिम्मेवारी आफूहरुको काँधमा रहेको पनि उनले जिकिर गरेका छन् ।

     

    सोमवार, जेठ २४ २०७८०५:०४:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार