बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोटेश्वरमा नेपाललाई भेटेर देउवा निवास पुगे प्रचण्ड

कोटेश्वरमा नेपाललाई भेटेर देउवा निवास पुगे प्रचण्ड

  • 1.6K
    SHARES

  • कोटेश्वरमा नेपाललाई भेटेर देउवा निवास पुगे प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

    कोटेश्वरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर प्रचण्ड देउवालाई भेट्न पुगेका छन् । देउवा निवासस्रोतका अनुसार अहिले दुई नेताबीच छलफल चलिरहेको छ ।

    कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले दुई नेताबीच भेटघाट हुनु सामान्य विषय भएको बताए । आउनेर जाने भइरहन्छ । यो सामान्य कुरा हो' सहमहान्त्री महतले भने । 

    फुटतर्फ अघि बढेको एमालेलाई एकताबद्ध पार्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति सार्वजनिक आह्वान गरेका थिए ।

    उनले एमालेका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर गरेको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त समेत अघि सारेको थिए ।

    सोमवार, जेठ २४ २०७८०१:२०:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार