बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निषेधाज्ञामा स्वस्थ रहनको लागि अभिनेता राजेश हमालले दिए यस्ता टिप्स

निषेधाज्ञामा स्वस्थ रहनको लागि अभिनेता राजेश हमालले दिए यस्ता टिप्स

  • 1.6K
    SHARES

  • निषेधाज्ञामा स्वस्थ रहनको लागि अभिनेता राजेश हमालले दिए यस्ता टिप्स

    काठमाडाै,   कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरिएको छ ।

    निषेधाज्ञाका कारणले सर्वसाधारणको अहिले दैनिकी घरमै सिमित हुन पुगेको छ । लामो समय घरमै रहँदा मानिसमा मानसिक लगायत बिभिन्न समस्या देखिने गरेको छ ।

    स्वास्थ्यमा क्रियाशील विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी लगायतले यस्तो बेलामा स्वस्थ रहन बेला–बेलामा बिभिन्न टिप्स दिने गर्दछन् । यस्तैमा अभिनेता राजेश हमालले पनि लामो समय घरमै रहेका सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् ।

    हमालले भने सामाजिक सञ्जाल फेसबुक भिडियो सार्वजनिक गर्दै स्वास्थ्य टिप्स दिएका हुन् । म राजेश हमाल भन्दै सुरु गरेको भिडियोमा उनले लकडाउनले मानसिकतामा असर गर्ने भएकोले विशेष होसियार रहन समेत आग्रह गरेका छन् ।

    समाचारका विभिन्न स्रोतमा धेरै समय नखर्चिन समेत बताएका हमालले स्वस्थ रहनका लागि एक्सरसाइज, खाना बनाउने, बगैंचा सफा गर्ने, चुट्किला सुन्न, हिँडडुल गर्न, पुस्तक पढ्न र लेख्नमा आफुलाई ब्यस्त राख्न समेत भनेका छन् ।

    बुधवार, जेठ १९ २०७८०९:०७:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार