बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

मेगा खबर संवाददाता

२६, आषाढ २०७७
  • 1.6K
    SHARES

  • सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

    २६ असार, काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक शुक्रबार सिंहदरबारमा बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो ।

    बैठकमा बढ्दो संक्रमणको अवस्थाबीच यातायात सेवा सुरु गरेपछि आउन सक्ने चुनौतिबारे छलफल हुने भनिएको छ । साथै, आन्तरिक हवाई सेवा सञ्चालनबारे पनि छलफल हुनसक्ने भनिएको छ ।

    यसअघि छाउनीस्थित सीसीएमसी–अप्सको कार्यालयमा बैठक बस्ने गरेको थियो । तर, विरोध भएपछि मन्त्रीहरु रहेको निर्देशक समितिको बैठक सिंहदरबारमै राख्न थालिएको छ ।

    समितिमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, उद्योग मन्त्री लेखराज भट्ट, सञ्चारमन्त्री युवराज खतिवडा लगायत छन् ।

     

    शुक्रवार, आषाढ २६ २०७७०३:५४:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार