काठमाडौं, आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा कोभिड–१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री ओलीसँग सरकारमा सहभागी हुने विषयमा उनीहरुबीच छलफल भइरहेको बतायएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।