काठमाडाै, जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
जसपाले अघि सारेका माग-मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने निर्णय गरिएको ठाकुरनिकट केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए । महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी भए जसपा औपचारिक रुपमा विभाजन हुनेछ ।
सकभर पार्टी विभाजन नहुनेगरी सरकारमा जानुपर्ने सुझाव आएकोले एकदुई दिन कुरेको भण्डारीले दाबी गरे । पार्टी एकता बचाएर सरकारमा सहभागी हुन खोजेको हो, भण्डारीले भने । जसपालाई सरकारमा ८ वटा मन्त्रालय दिने सहमति जुटेको अर्का सांसद प्रमोद साहले बताए ।
८ वटा मन्त्रालय र २ राज्यमन्त्री लिएर हामी सरकारमा जान्छौँ,’ साहले भने,राजेन्द्र महतोको लिडरसिपमा सरकारमा जाने तयारी भएको छ । तर, अन्तिममा लिडरसिप परिवर्तन पनि हुनसक्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।