बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दोब्बर दस्तुर होईन नि:शुल्क फाराम भर्ने ब्यबस्था गर: ने.वि. संघ

दोब्बर दस्तुर होईन नि:शुल्क फाराम भर्ने ब्यबस्था गर: ने.वि. संघ

  • 3.7K
    SHARES

  • दोब्बर दस्तुर होईन नि:शुल्क फाराम भर्ने ब्यबस्था गर:  ने.वि. संघ

    काठमाडाै, त्रिभुवन बिश्व बिद्यालयले अफ्ठ्यारोमा परेका बेला विद्यार्थी लाई थप पिडा दिएको भन्दै नेपाल विद्यार्थी संघले खेद व्यक्त गरेको छ ।

    नेबिसंघका अध्यक्ष राजिब ढुंगानाले आज एक बिग्यप्ती मार्फत महामारीको संकट,त्यसले उब्जाएको मानसिक तनाब र परिक्षाको चिन्ताले ठुलो समस्या रहेका विद्यार्थीहरु माथी त्रिभुवन विश्वविद्यालयको थप पीडा थप्ने नियत देखिएको बताएका छन ।संकटको समयमा परीक्षा जस्तो संवेदनशील बिषयमा जिम्मेवार र गम्भीर बन्न, परीक्षा फाराम भर्ने तालिका र बिधिमा समेत आवश्यक परिमार्जन गरि यस विषम परिस्थिति अनुसार ब्यावहारिक र विद्यार्थीहरुलाई सहज बनाउन अध्यक्ष ढुंगानाले त्रि।वि।संग माग गरेका छन । 

    संघका महामन्त्री बलदेव तिमल्सिनाले कोविद्-१९ को यो महामारी को समयमा पनि विद्यार्थी संग दोब्बर दस्तुर उठाउनुमा बिश्वबिद्यालयको कुन नियतले काम गरिरहेको छ भन्दै आक्रोश ब्यक्त गरेका छन ।

    महामन्त्री तिमल्सिनाले बिश्व बिद्यालयको यो विद्यार्थी माथीको गम्भीर शोषण हो भन्दै महामारीमा विद्यार्थी संग असुली होइन नि:शुल्क फाराम भराउने ब्यबस्थाका निम्ति त्रिभुवन विश्व विद्यालय लगाएत सबै विश्व विद्यालय को ध्यानाकर्षण गम्भीर गराएका छन् ।

    No description available.

    शुक्रवार, जेठ १४ २०७८०१:५०:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार