काठमाडौं, सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा आज कानुनविदहरुसँग परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका छन् ।
उनले संसदको अवमूल्याङ्कन स्वीकार्य नहुने पनि बताएका छन् । आवश्यक पर्दा देश जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि नेपाली जनताले प्रदान गरेको अधिकारलाई प्रयोग गर्नुपर्छ’ सभामुख सापकोटाले भने, त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।
उनले घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्याङ्कन गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै केन्द्रमा देश र जनताको हित राखेर संविधानको मर्म र भावना अनुसार कदम चाल्ने बताए । उनले पार्टीहरूसँग परामर्श गर्ने बताए । म पार्टीहरूसँग छलफल गर्छु उनीहरू लोकतन्त्रका संवाहक हुन्’ सापकोटाको भनाइ रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।