काठमाडाै, बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खुलासा गरेका छन् ।
यद्यपी त्यस्तो धम्की र दवाव कसबाट आएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु’, देवकोटाले आइतबार सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन्, ।
तर म अडिग रहेँ । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ । उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफू जस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै चुनौति पनि दिएका छन् ।
बोलेपछि, सही गरेपछि, वचनबद्ध भएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न सुझाव दिँदै बोली र इमानमा कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
जेठ ६ गते भएको उपचुनावमा उनले एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।