काठमाडाै, अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटेको छ ।
हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको छ । ओएसआरले फिल्म आफ्नो युट्युवबाट सार्वजनिक गरेका थिए । फिल्मको अन्य पनि फिल्मबाट नक्कल भएको भन्दै आलोचना भएपछि अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै फिल्म अभिनय गर्नु आफूबाट गल्ती भएको समेत बताएकी छिन् ।
केही महिना अगाडि सार्वजनिक भएको फिल्मको नक्कल गरिएको कुरा अहिले चर्चामा आएको छ । जीवन शाहीले निर्देशन गरेको यसै फिल्ममा ओएसआरकै रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए ।
ओएसआर डिजिटलले निर्माण गरेको फिल्म ‘मन बार’मा सुरक्षा पन्त र कोशिस क्षेत्रीको अभिनय रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।