बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोक नेकपा निकट संगठनले नेतृत्वलाई बुझाए ज्ञापन पत्र

सिन्धुपाल्चोक नेकपा निकट संगठनले नेतृत्वलाई बुझाए ज्ञापन पत्र

मेगा खबर संवाददाता

२३, आषाढ २०७७
  • 3.9K
    SHARES

  • सिन्धुपाल्चोक नेकपा निकट संगठनले नेतृत्वलाई बुझाए ज्ञापन पत्र
    नेकपा स्थायी कमिटीभित्र चुलिएको विवाद तत्काल समाधानका लागि केन्द्रिय नेतृत्वलाई दबाब दिन निकट युवा संगठन, राष्टिय युवा संघ, अनेरास्ववियू र प्रेस संगठनले मङ्गलबार सयुक्त रूपमा जिल्ला पार्टी कमिटीलाई ज्ञापन पत्र बुझाएको छ ।

    नेकपा जिल्ला पार्टी कार्यालयमा भएको एक कार्यक्रममा युवा तथा विद्यार्थीहरुले नेकपा जिल्ला अध्यक्ष झम्क नेपाललाई सो ज्ञापनपत्र बुझाएका हुन् । कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सदस्य सुबाश कर्मचार्य लगायत नेकपाका युवा विद्यार्थी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकका संयोजक रुपेन्द्र आचार्य (सबिन) ले जानकारी दिए ।

    पार्टी एकताको विपक्ष जाने हक कसैलाई पनि नरहेको र मिल्नुको विकल्प नभएको बताउदै सो कार्यक्रममा नेताहरूले यस बिषम परिस्थितिमा युवा विद्यार्थीहरुले यस्तो कार्यक्रम गरी नेतृत्वलाई सचेत गरेकोमा धन्यबाद दिंदै विद्यार्थीहरुको भुमिका उल्लेख्य रहेको बताए ।

    मंगलवार, आषाढ २३ २०७७०८:२३:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार