काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको पछिल्लो विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार पनि भेटघाट हुने भएको छ ।
अध्यक्ष ओली र अर्का कार्यकारी अध्यक्ष ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुन लागेको हो । पार्टी आन्तरिक किचलोमा रुमल्लिएका बेला केहीदिन यता दुवै अध्यक्षले वार्ताका माध्ययमबाट समाधान खोज्ने प्रयास गरिरहेका छन् ।
अध्यक्ष दाहालको ओलीले दुवै पद छोड्नुपर्ने माग र ओलीले कुनैपनि नछोड्ने कडा अडानकाबीच विवाद चुलिएको हो । गत असार १० गतेबाट नेकपा स्थायी कमिटि बैठका बसिरहेको छ । आफू र सरकारको आलोचना हुने भन्दै अध्यक्ष ओली कतिपय बैठकमा उपस्थित समेत भएका थिएनन्
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।