काठमाडाै, कोरोना संक्रमितको उपचारको लागि सिलिन्डर र अक्सिजनको अभावलाइ हेर्दै हाँस्यकलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन् ।
उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका छन् । पौडेलले पुनलाई सम्पर्क गरेर आफू पनि आमजनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै उक्त रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका छन् ।
उनले जानकारी सामाजिक संजाल मार्फत दिएका छन् । कोरोनाको कारण धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले ज्यान गुमाइरहनु भएको छ ।
पैसाको कारण भन्दा पनि अक्सिजन नपाएको कारणले धेरैको ज्यान गइरहेको छ’ पौडेलले अगाडि लेखेका छन्, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजन नै चाहिंदो रहेछ ।
त्यसैले अक्सिजनको व्यबस्था गर्न बिस्वासिलो र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा अर्पण गर्नू भएका डा। महावीर पुनको संस्था ‘राष्ट्रिय आविस्कार केन्द्र’लाई आफूले सकेको सहयोग अर्पण गरेको छु सनले लेखेका छन्
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।