बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन उपप्रधानमन्त्री पोखरेल आग्रह

सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन उपप्रधानमन्त्री पोखरेल आग्रह

मेगा खबर संवाददाता

२९, बैशाख २०७८
  • 2.5K
    SHARES

  • सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन उपप्रधानमन्त्री पोखरेल आग्रह

    काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्कटका बेला भ्रमको खेती गर्नेबाट सचेत रहन आग्रह गरेका छन् ।

    निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक पोखरेलले भने, महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ, अनावश्यक भ्रमबाट सचेत हुनुपर्छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, ग्यास उत्पादक र निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग भएको छलफलमा अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा विमर्श भएको थियो ।

    उपप्रधानमन्त्रीका प्रेश सल्लाहकार गणेश पाण्डेका अनुसार छिटो माध्यमबाट अक्सिजन प्लान्ट सञ्चालन गर्न आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय गरिएको छ ।

    काठमाण्डाै उपत्यका र काभ्रेमा गरी अहिले नौ वटा अक्सिजन उद्योग सञ्चालित छन् । दैनिक १५ हजार सिलिन्डर भन्दा बढी माग भए पनि ती उद्योगबाट अहिले सात हजार दुई सय सिलिन्डर अक्सिजन उत्पादन हुने भएको छ । 

    बुधवार, बैशाख २९ २०७८०९:३१:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार