बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक सपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक सपथ

मेगा खबर संवाददाता

२९, बैशाख २०७८
  • 1.9K
    SHARES

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले  दोस्रो पटक सपथ

    पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले सपथ खाएका छन् ।

    आज प्रदेश प्रमुख सीता पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सपथ खुवाएकी छिन् । प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् तोकिएको समयभित्र चार दलले हस्ताक्षर बुझाएको भएपनि आवश्यक बहुमत पुर्याउन नसकेका कारण पुनः मुख्यमन्त्री गुरुङलाई नियुक्त गरेकी हुन् । 

    जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिम विक्रम शाहीले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेको छ ।   मुख्यमन्त्रीमा नियुक्त गुरुङले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ । तर, उनको दलका २७ सांसद रहेका छन् ।

    मनाङ ‘ख’ बाट स्वतन्त्रमा निर्वाचित सांसद राजिव गुरुङ (दिपक मनाङे) सहित उनीसँग २८ सांसद छन् । उनलाई गण्डकी प्रदेशका ६० सदस्य मध्ये ५० प्रतिशत अर्थात ३१ मत आवश्यक पर्छ ।

    जनमोर्चाका तीन सांसद दुई खेमामा विभाजित भएकाले त्यो सम्भावना छैन । त्यसैले उनको सरकार पुनः ३० दिनपछि अस्थिर बन्ने निश्चित भएको छ ।

    बुधवार, बैशाख २९ २०७८०६:४९:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार