काठमाडौं, चार दलले नयाँ सरकार गठनको दावी गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।
गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाएका हुन् । प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुख सीता पौडेल समक्ष बुझाएको माओवादी केन्द्रका सांसद रामजी बरालले बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।
सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एक जनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि संख्या पुगेको दवी सहितपत्र बुझाएको अनुमान गरिएको छ । गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार कृष्ण चन्द्र नेपाली पोखरेल रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।