बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गायक प्रकाश सपूत भए कोरोना संक्रमण मुक्त

गायक प्रकाश सपूत भए कोरोना संक्रमण मुक्त

मेगा खबर संवाददाता

२८, बैशाख २०७८
  • 4.5K
    SHARES

  • गायक प्रकाश सपूत भए कोरोना संक्रमण मुक्त

    काठमाडौंँ,  गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त भएका छन् ।

    आज सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् । कोरोना संक्रमण मुक्त भएपछि उनले लेखेका छन्–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ ।

    उनले अगाडि लेखेका छन्– ‘विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यवाद । कोरोना जित्न सकिन्छ । यो आत्म विश्वास बाँड्न चाहन्छौ । सपुतले आफ्नो आमा भने अझै कोरोनासँग जुधिरहेको बताएका छन् ।

    उनले अगाडि भनेका छन्, ‘आमाले पनि कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पीडादायी छ ।

    सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौं !’   सपुतको गत वैशाख १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी)मा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

    मंगलवार, बैशाख २८ २०७८०५:२४:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार