बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपाको १४ जिल्लाको माग- पार्टी टुटफुट नगरियोस्

नेकपाको १४ जिल्लाको माग- पार्टी टुटफुट नगरियोस्

मेगा खबर संवाददाता

२१, आषाढ २०७७
  • 1.5K
    SHARES

  • नेकपाको १४ जिल्लाको माग- पार्टी टुटफुट नगरियोस्

    विराटनगर। प्रदेश १ का नेकपा जिल्ला कमिटीले पार्टीको विषयमा सुझबुझपूर्ण निर्णय गर्न नेतृत्वलाई आग्रह गरेका छन् । 

    नेकपा मोरङको विराटनगरस्थित कार्यालमा १४ वटै जिल्ला कमिटीका तर्फबाट आज गरिएको पत्रकार सम्मेलनमा नेकपामा उत्पन्‍न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्न माग गरिएको छ।

    नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एकताई थप मजबुत र एकताबद्ध बनाएर अघि बढाउन माग गरे । नेकपा केन्द्रीय सदस्य गुरु बरालले सरकार सञ्‍चालनमा समस्या भए छलफलबाट टुंग्याउन माग गरे ।

    १४ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवले संयुक्त विज्ञप्ति प्रकाशित गरी एकता कमजोर नपार्न माग गरे । पत्रकार सम्मेलनमा प्रदेशका सांसद समेत उपस्थित थिए ।

    आइतवार, आषाढ २१ २०७७०४:५३:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार