बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सहयोगीसहित बालुवाटारमा ओली–प्रचण्डको वार्ता

सहयोगीसहित बालुवाटारमा ओली–प्रचण्डको वार्ता

मेगा खबर संवाददाता

२१, आषाढ २०७७
  • 1.6K
    SHARES

  • सहयोगीसहित बालुवाटारमा ओली–प्रचण्डको वार्ता

    असार २१, २०७७ काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार पुगेकाका प्रचण्ड अर्का अध्यक्ष ओलीसँग वार्तामा बसेका छन्।  आजको वार्तामा  दुई–दुईजना सहयोगी नेताहरु समेत छन्। ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी रहेकाे बालुवाटार स्राेतले जानकारी दियो। यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए। तीन घण्टासम्म चलेको सो छलफलले निष्कर्ष निकालेको थिएन। नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ। त्यसअघि नै सहमति जुटाउन उनीहरुमाथि दबाव छ।

    आइतवार, आषाढ २१ २०७७०१:०७:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार