काठमाडौँ, अभिनय थाती राखेर राजनीति र समाजसेवामा आफुलाई समर्पित गरेका ‘चपली हाइट’ का अभिनेता राज घिमिरेको अहिले दैनिकी फेरिइएको छ ।
यतिबेला उनि अक्सिजनको सिलिन्डर बोकेर दैनिक कोरोना संक्रमितको घर–घरै पुगिरहेका छन् । अक्सिजनको अभावमा कुनै संक्रमितले ज्यान गुमाउनु नपरोस् भनेर उनी बिहानै देखि साँझसम्म यस कार्यमा खटिने गर्दछन् । कोरोनाको पहिलो लहरको समय राहत वितरणमा सक्रिय रहेका उनले यो पटक भने अक्सिजनको हाहाकार देखिएकोले यसैमा क्रियाशील भएको बताउँछन् ।
उनले संक्रमितको उपचारका लागि व्यक्तिगत खर्चमा अक्सिजनको व्यवस्था गरिरहेका छन् । अक्सिजन सिलिन्डरमात्र होइन, अभिनेता घिमिरेले संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन माक्स, इलेक्टेक अक्सिजन मेसिन, अक्सोमिटर समेत दिँदै आएका छन् ।
आफ्नो सानो सहयोग र साथले कसैको जीवन बच्छ भने किन नगर्ने’ घिमिरेले भन्छन् । अभिनेता घिमिरेले एम्बुलेन्स नपाएर अस्पताल जान आउन समस्या भई आपतविपतमा परेका बिरामीलाई समेत आफ्नो निजी गाडी उपलब्ध गराउँदै आएका छन् ।
यदि कसैलाई समस्या परेको छ भने मेरो मोबाइल नम्बर ९८५१०६२४५७ मा सम्पर्क गर्न सक्नुहुन्छ’ घिमिरेले भने ‘म सेवाका लागि हाजिर छु ।
फोन नउठे कल ब्याक गर्छु । आफुले भ्याएसम्म जहाँ परेपनि सहयोग गर्ने घिमिरेले भनेका छन् ।
घिमिरेले अक्सिजन सिलिन्डर वितरणमा कार्यमा समाजसेवी गोपाल सुनुवारले पनि साथ दिँदै आएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।