बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनै सुनले बनेको संसारको पहिलो होटल

सुनै सुनले बनेको संसारको पहिलो होटल

मेगा खबर संवाददाता

१९, आषाढ २०७७
  • 2.8K
    SHARES

  • सुनै सुनले बनेको संसारको पहिलो होटल

    सुनै सुनले बनेको संसारको पहिलो होटल भियतनामको राजधानी हनोईमा खुलेको छ । भित्तो, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनकै रहेको होटलको शुभारम्भ बिहीवार गरिएको हो ।

    होटलको नाम डोल्चे हनोई गोल्डन लेक हो । यो फाइभ स्टार होटल हो र २५ तल्ले छ । होटलमा ४०० वटा कोठा छन् । होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइल लगाइएको छ । होटलको स्टाफको ड्रेस कोड पनि रातो र सुनौलो छ । लबीमा फर्निचर र सजावटमा पनि सुनौलो कलाकृति छ । छतमा स्विमिङ पूल छ । त्यहाँबाट हनोई शहरको सुन्दर दृश्य देखिन्छ ।

    होटलको निर्माण सन् २००९ बाट शुरू गरिएको हो । यसलाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ ।

    सुनले मानसिक तनाव कम गर्न सहायता गर्ने बताइन्छ । तनाव कम भएमा मात्र रिल्याक्स गर्न सकिन्छ । त्यसैले होटल व्यवस्थापनले होटलमा यति धेरै गोल्ड प्लेट राखेको हो । मानिसहरूको आकर्षण यस होटलप्रति उच्च देखिएको छ ।

    यस होटलको प्रेसिडेन्सिय सुइटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुपर्ने हुन्छ । होटलका कोठाहरूको सबभन्दा कम मूल्य नै लगभग ३० हजार रुपैयाँ छ ।

    शुक्रवार, आषाढ १९ २०७७१२:३७:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार