बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शुक्रबार के गर्दैछन् नेकपाका नेता ?

शुक्रबार के गर्दैछन् नेकपाका नेता ?

मेगा खबर संवाददाता

१९, आषाढ २०७७
  • 1.2K
    SHARES

  • शुक्रबार के गर्दैछन् नेकपाका नेता ?

    काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष तहमा देखिएको अविश्वास घटाएर विवादको निरुपण गर्ने गरी छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बढ्दो टकरावका कारण पार्टी विभाजनको खतरा देखिएपछि पार्टी स्थायी कमिटीको शुक्रबारको बैठक स्थगित गर्दै नेताहरु आपसी सहमति निर्माणमा जुट्न थालेका हुन ।  सहमतिकै लागि बहिबारकाे बैठक शनिवार सारिएकाे हाे ।

    सचिवालय सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा देखिएको संकट समाधानका लागि बिहिबार स्थायी कमिटीको बैठक स्थगित गरिएको र अध्यक्षद्वय ओली र प्रचण्ड तथा सचिवालयका नेताहरूबीच संकट समाधानमा केन्द्रित रहेर छलफल चलिरहने बताउनुभएकाे थियाे।  ‘पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न, पार्टी र सरकारको आवश्यकतालाई पनि पूरा गर्ने गरी अघि बढ्न आपसी छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेका कारण शुक्रबारको बैठकलाई शनिबार ११ बजेसम्मका लागि सारिएको हो ’ उहाँकाे भनाइ छ ।

    बिहीबार बिहान ११ बजे राखिएको बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् बैठक नबस्ने र स्थायी कमिटी बैठकलाई निरन्तरता दिने समझदारी बने पनि त्यसविपरीत संसद् अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गरेपछि नेकपाको शीर्ष तहमा पुन: अविश्वास बढेको देखिन्छ । स्थायी समिति बैठककै बीचमा बसेको मन्त्री परिषद् बैठकले पार्टी सल्लाह बिना संसद अधिवेशन अन्त्यको सिफारिस गरेपछि नेकपाभित्रको राजनीतिले गम्भीर मोड लिएको निश्कर्ष निकाल्दै नेताहरु पुन: पार्टी एकताबद्द बनाउने अभियानमा जुटेका हुन । पार्टी एकतामा खतरा उत्पन्न भएको स्वतः स्पष्ट भए पनि छलफल जारी राखिने प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

    शुक्रवार, आषाढ १९ २०७७१०:४४:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार