काठमाडौं, ‘मिस युनिभर्सल नेपाल २०२०’ की विजेता अनिष्का शर्मा अमेरिका उडेकी छन् ।
नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स २०२१’ मा सहभागी हुन उनी सोमबार साँझ त्यसतर्फ उडेकी हुन् । ६९ औं मिस युनिभर्समा सहभागी जनाउन उनी केही दिनपछि मात्र त्यसतर्फ उड्ने कार्यक्रम रहेको थियो ।
नेपालमा जारी लकडाउन र सरकारले २२ वैशाखबाट अन्तर्राष्ट्रिय उडान समेत बन्द गर्ने निर्णय गरेको कारण उनी केही दिन पहिले नै अमेरिका उड्न बाध्य भएकी छिन् ।
मिस युनिभर्सको नयाँ संस्करण मे १७ तारिखमा अमेरिकाको फ्लोरिडामा आयोजना हुँदैछ । जसमा उनले नेपाली कला संस्कृति सहितको बिभिन्न प्रस्तुति दिनेछिन् ।
पछिल्लो समय अष्ट्रेलिया बस्दै आएकी २४ वर्षीय शर्माले ‘मिस युनिभर्स’ को मञ्चमा नेपाललाई उत्कृष्ट रुपमा कसरी चिनाउने र शीर्ष उपाधि कसरी कब्जा गर्ने भन्ने बिषयमा बिभिन्न प्रशिक्षण लिएकी छिन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।