बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेपछि प्रचण्ड शीतल निवासमा

राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेपछि प्रचण्ड शीतल निवासमा

मेगा खबर संवाददाता

१८, आषाढ २०७७
  • 2.4K
    SHARES

  • राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेपछि प्रचण्ड शीतल निवासमा

    काठमाडौं । राष्ट्रपतिले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुग्नु भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा केहीबारे अघि संघीय संसदको दुवै सदन असार १८ गते बेलुकी ५ बजेदेखि अन्त्य गर्नुभएको जानकारी गराउनु भएको थियो । अध्यक्ष दाहाल त्यसलगत्तै राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो ।

    नेकपा अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने माग स्थायी समिति बैठकमा उठिरहेकै बेला राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्नुभएको हो ।

    राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको सूचना बाहिरिएपछि प्रधानमन्त्री निवासमा स्थायी समिति बैठकमा रहनु भएका अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुबीच त्यसबारे छुट्टै छलफल भएको छ । शीर्ष नेताहरुसँगको छलफलपछि अध्यक्ष दाहाल राष्टपतिलाई भेट्न जानु भएको हो ।

    बिहिवार, आषाढ १८ २०७७०४:५२:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार