काठमाडौंँ, कोरोना संक्रमितको चापको कारण अहिले अस्पताल भरिएको मात्र होइन एम्बुलेन्स समेत पाउन मुस्किल पर्न थालिइएको छन् ।
सर्वसाधारणको सेवाका लागि भन्दै कलाकारहरुको एक समुहले अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आइजिपी नेपाल प्रहरी सर्वेन्द्र खनाल, डा। सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधान लगायतले मिलेर यसै एम्बुलेन्स सेवा सुरु गरेका छन् ।
हामीले सुरु गरेको एम्बुलेन्स सेवा सबैका लागि हो’ केदार घिमिरेले भने, हामीले तीनवटा फोन नम्बर सार्वजनिक गरेका छौ । त्यसमा फोन गर्नेले जो कोहीले पनि हाम्रो सेवा पाउनेछन् । यस सेवा अहिले उपत्यकामा मात्र रहेको छ ।
एम्बुलेन्समा नर्स, अक्सिजन लगायत सेवा समेत उपलब्ध हुने बताएका घिमिरेले थपे ‘पीडितले जुन अस्पताल भन्यो त्यो अस्पतालमा पुर्याउने सम्मको काम हामी गर्दछौ । साथीहरुसँग १५१५ हजार उठाएर कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा सुरु गरेको घिमिरेको भनाई छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।