बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

मेगा खबर संवाददाता

१८, आषाढ २०७७
  • 3.4K
    SHARES

  • संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

    असार १८, २०७७ काठमाडौं : सरकारले जारी संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र राजनीतिक किचलो बढेसँगै सरकारले यस्तो निर्णय लिएको हो। प्रधान केपी शर्मा ओलीविरुद्ध नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले घेराबन्दी गरेको अवस्थामा सरकारले चालु बर्खे अधिवेशन अन्त्यका लागि कदम चालेको हो।  बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर बालुवाटार फर्किएपछि मन्त्रिपरिषद् बसेको थियो। उक्त मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हो। संसद अधिवेशन अन्त्य भएसँगै सरकारले आफ्ना लागि जरूरी कामहरु अध्यादेशमार्फत अघि बढाउन पाउने भएको छ। नेकपामा विवाद चुलिइरहेका बेला प्रधानमन्त्री ओलीले केही दिनको बीचमा राष्ट्रपतिसँग चार पटकसम्म भेट गरिसकेका छन्। उनले एकै दिन दुई पटकसम्म राष्ट्रपतिलाई शीतल निवासमा पुगेर भेटेका थिए। 
    Read more at

    बिहिवार, आषाढ १८ २०७७०१:२१:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार