बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फिल्म ‘प्रकाश’को छायाँंकन सकियो

फिल्म ‘प्रकाश’को छायाँंकन सकियो

मेगा खबर संवाददाता

१६, बैशाख २०७८
  • 3.4K
    SHARES

  • फिल्म ‘प्रकाश’को छायाँंकन सकियो

     काठमाडाै, फिल्म ‘प्रकाश’को छायाँंकन सकिएको छ ।

    जुम्लामा ४२ औं दिनको छायाँंकन पछि फिल्म सकिएको छ । प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहेको फिल्मको निर्देशक दिनेश राउत रहेका छन् । 

    प्रदीप र रेनुको अलवा फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसीलगायतका कलाकारको समेत अभिनय छ । इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता महेन्द्र अधिकारी छन् ।

    राजेश श्रेष्ठको छायाँंकन, विकास सुवेदीको कथा रहेको फिल्ममा एलिस कार्की र दीपक शर्माको संगीत रहेको छ । सरकारी स्कुलको शिक्षक बन्नका लागि एक युवाले गर्ने संघर्षको कथा बिषयबस्तु बनाएको  फिल्म युनिट छायाँंकन सकेर काठमाडाैं फर्किएका छन् ।

    बिहिवार, बैशाख १६ २०७८०३:३४:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार