बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यौन सम्बन्ध राख्नका लागि दिमागको विभिन्न भागले काम गर्छन् भन्ने मान्यता थियो, अब यो मान्यता पुरानो भयो

यौन सम्बन्ध राख्नका लागि दिमागको विभिन्न भागले काम गर्छन् भन्ने मान्यता थियो, अब यो मान्यता पुरानो भयो

मेगा खबर संवाददाता

१६, बैशाख २०७८
  • 2.2K
    SHARES

  • यौन सम्बन्ध राख्नका लागि दिमागको विभिन्न भागले काम गर्छन् भन्ने मान्यता थियो, अब यो मान्यता पुरानो भयो

    एजेन्सी, हालसम्म यौन सम्बन्ध राख्नका लागि दिमागको विभिन्न भागले काम गर्छन् भन्ने मान्यता थियो । अब यो मान्यता पुरानो भयो ।

    एक वैज्ञानिक अध्ययनका अनुसार मानिस तथा मुसामा  दिमागको एउटा भागले मात्रै यौन सम्बन्ध बनाउने वा नबनाउने निर्णय गर्छ । यसैका आधारमा पोथीमा प्रोजेस्टेरोन (प्रोगेस्तेरोने) तथा एस्ट्रोजेन (एस्त्रोगेन्) हर्मोन्स निस्कने तय हुन्छ  ।

    पोर्चुगलको चैपालीमौड सेन्टरका प्रमुख अनुसन्धानकर्ता  सुसाना लिमाका अनुसार मानिस तथा मुसामा 'प्रोजेस्टेरोन' तथा 'एस्ट्रोजेन' हार्मोन्सले नै यौन सम्बन्धका लागि एकले अर्कोलाई स्वीकार गर्ने  नगर्ने कुरा तय गर्छ । पोथी मुसामा यसले प्रजनन क्षमताको स्तर पनि  निर्धारण  गर्छ । यो सबै कुरा दिमागको एउटै हिस्साले मात्रै तय गर्ने गर्छ । सुसाना लिमाका अनुसार कोही महिला तथा पुरुष एक अर्का सँगको यौन सम्बन्ध स्वीकार गर्छन वा गर्दैनन् भन्ने कुरा दिमागको यसै  भागले निर्धारण गर्छ ।

    पोथी मुसाले भने ६  दिनमा आफ्नो 'सेक्स पार्टनर' यथावत  राख्ने वा छोड्ने निर्णय गर्छ । यी दुई हार्मोन्सले मुसालाई  यति छिट्टै यस्तो उग्र फैसला लिन प्रेरित गर्ने कुरामा वैज्ञानिकहरु  हैरान बनेका  छन । सुसाना लिमा भन्छिन, यस अनुसन्धानबाट प्राप्त जानकारी अनुसार पोथीलाई यौन सम्बन्ध स्वीकार गर्नका लागि जिम्मेवार बनाउने दिमागको एउटा हिस्सा 'वेन्ट्रोमेडिएल हाइपोथ्यालामस' (वेन्त्रोमेदिअल् ह्य्पोथलमुस् - व्म्ह्) रहेको हुन्छ  ।

     कैयौं कम्पार्टमेण्ट बनेका  हुन्छन्  । हरेक कम्पार्टमेण्टमा 'न्युरोनस'  हुन्छन्  । यिनले  पोथीको प्रजनन क्षमता निर्धारण गर्नुका साथै  यौन सम्बन्ध स्वीकार्यतालाई सक्रिय बनाउँछन्  ।

    सुसानाको अध्ययन २० अप्रिलको 'इन्यूरो' (एणेउरो ) जर्नलमा प्रकाशित भएको छ । यसमा यो बताइएको छ कि 'वेन्ट्रोमेडिएल हाइपोथ्यालामस  (भिएमएच) भित्र कस्ता प्रकारका कर्माटमेन्ट्स हुन्छन्? यसले कसरी पोथीलाई यौन सम्बन्ध स्वीकार गर्नका लागि तयार गर्छ? साथै यसले नै यौन व्यवहारलाई निर्धारित गर्छ भन्ने जानकारी दिइएको छ ।

    अध्ययनमा जनाइए अनुसार 'भिएमएच' अलग अलग भाले वा पुरुषलाई देखेर भिन्न भिन्न  प्रतिक्रिया गर्छ  । पोथी वा महिलाको प्रजनन ग्रन्थी सक्रिय हुन जान्छ । सुसानासँग काम गर्ने पिएचडी शोधार्थी इन्स डियान्सका अनुसार पोथीमा  प्रजनन चक्रका  दौरान 'भिएमएच'का  'न्युरोन' लगातार परिवर्तित भइरहन्छन  । 'भिएमएच' को मुख्यतया तीनवटा कम्पार्टमेण्ट हुन्छ । यी कम्पार्टमेण्टमा रहेका 'न्युरोन' ले नै 'प्राजेस्टेरोन' हार्मोनलाई स्वीकार गर्ने गर्छन्  ।

    'न्युरोन' को रवैया हरेक कम्पार्टमेण्टमा बदलिरहेको हुन्छ  । यसले भिन्न भिन्न तरिकाले काम गर्छ । यहाँसम्म कि यौन स्वीकार्यताको फैसलालाई समेत  'न्युरोन' ले  बद्लिन सक्छ । अध्ययनको निष्कर्ष अनुसार कुनै पोथी मुसाले  भालेसँग सम्बन्ध राख्न अस्वीकार गर्ने बेला 'फ्रन्ट'को कम्पार्टमेण्टका 'न्युरोनस'  सक्रिय भएका हुन्छन्  । यस अवधिमा  'भिएमएच'मा  धेरै सक्रियता  तथा परिवर्तन आएको देखिन्छ  । तर जब यौन सम्बन्ध स्वीकार्य हुन्छ त्यसबेला पछाडिको कम्पार्टमेण्टका  'न्युरोन' सक्रिय भएका हुन्छन्  ।

    सुसानाका अनुसार 'भिएमएच'ले पोथी वा महिलाको सामाजिक यौन व्यवहार दर्साउँछ । कुन  भाले वा पुरुषसँग सम्बन्ध राख्ने वा नराख्ने भन्ने कुराको निर्धारण यसले नै गर्ने गर्छ । त्यस्तै पुरुषमा भने 'भिएमएच' कम्पार्टमेण्टले  आत्मरक्षा (सेल्फ डिफेन्स)को काम गर्ने गर्छ ।

    अचम्मको कुरा त 'भिएमएच'ले पुरुष तथा महिलामा अलग अलग प्रकारले काम गर्छ । यसै कम्पार्टमेण्टले खाना खाने, भाग्ने तथा आफूलाई सुरक्षित बनाउने काम गर्छ । तर यस  अध्ययनले  पोथीको 'सेक्सुअल' व्यवहारको  'न्युरल' आधार के हो भन्ने थाहा हुन सकेको छैन  ।

    अध्ययनबाट यो कुरा स्पष्ट भएको छ कि प्रजननसँग जोडिएका  हार्मोन्सको दिमागी सक्रियतासँग सीधा सम्बन्ध हुन्छ  । साथै प्रजनन तथा यौन इच्छाका लागि दिमागको  एउटै मात्र भाग उत्तरदायी रहेको हुन्छ  । यस अध्ययनबाट भविष्यमा वैज्ञानिकलाई विभिन्न थप  कुराको जानकारी पाउन सजिलो हुन्छ भन्ने आशा गरिएको छ ।

    बिहिवार, बैशाख १६ २०७८११:४८:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार