बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल फुटबल संघका कर्मचारीले पाएनन् ३ महिनादेखि तलब

नेपाल फुटबल संघका कर्मचारीले पाएनन् ३ महिनादेखि तलब

मेगा खबर संवाददाता

१४, बैशाख २०७८
  • 1.7K
    SHARES

  • नेपाल फुटबल संघका कर्मचारीले पाएनन् ३ महिनादेखि तलब

    काठमाडौं, देशको सबैभन्दा क्रियासिल र सर्वाधिक बजेट भएको राष्ट्रिय संघ अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन महिना देखि आफ्ना कर्मचारीलाई तलब नदिएको पाइएको छ ।

    सातदोबाटोस्थित एन्फा मुख्यालयमा कार्यरत ७० भन्दा बढी कर्मचारीले तलब नपाएपछि अधिकांश मर्कामा परेका छन् । तीन महिना देखि तलब पाएका छैनौं । कतिको आम्दानीको श्रोत भनेकै त्यहि तलब हो’, एक कर्मचारीले भने,‘आफूले काम गरेको ठाँउबाट समयमा नआएपछि घर व्यवहार चलाउन पनि गाह्रो हुन्छ । हामी धेरै जसोलाई त्यहि समस्या परेको छ ।

    एन्फा महासचिव, कोषाध्यक्ष, आर्थिक, प्रशासन विभागलगायत विभिन्न शाखामा काम गर्ने ७० भन्दा बढी कर्मचारीले २०७७ सालको माघ, फागुन र चैतको तलब पाएका छैनन् । सबैको नयाँ सम्झौता गर्नुपर्ने भएकाले तलब पठाउन ढिला भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

    पुराना कर्मचारीको ४ वर्षे सम्झौता थियो । नयाँहरुको हकमा २ वर्षे सम्झौता थियो,’ उनले भने,‘ ती सबैको नयाँ सम्झौता बनाउनु पर्ने भएकाले तलब पठाउन नसकिएको हो । प्रवक्ता राईका अनुसार अधिकांश प्रक्रिया पूरा भइसकेकोले केहि दिन भित्रमै तबल सम्बन्धित सबैको बैंक खातामा पठाइने तयारी भइरहेको पनि जानकारी दिए ।

    एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीलाई भने तीन महिनाको एक मुष्ट रुपमा तलब दिदै आएको छ । एन्फाले गत माघमा साधारण सभाबाट आर्थिक वर्ष २०७७७८ का लागि झन्डै ८६ करोड रुपैयाँ बजेट अनुमोदन गरेको थियो ।

    मंगलवार, बैशाख १४ २०७८०५:५७:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार