बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा कर्मचारीसहित १० जना पक्राउ

परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा कर्मचारीसहित १० जना पक्राउ

मेगा खबर संवाददाता

१२, बैशाख २०७८
  • 1.5K
    SHARES

  • परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा कर्मचारीसहित १० जना पक्राउ

     परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विद्यार्थीहरूसँग मोटो रकम लिएर उनीहरुले परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि नै प्रश्नपत्र आउट गरेको आरोप लागेको छ ।मोरङ प्रहरीले प्रश्नपत्र आउट गर्नमा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई पक्राउ गरेको छ ।

    मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो ।

    यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ । पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको ३ वैशाखमा  हुने स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि बाहिरिएको हो । 


    १ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि कर्मचारीको मिलेमतोमा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको थियो । प्रहरीले एक साता लामो अनुसन्धान गरी पक्राउ गरिएकालाई आज अपरान्ह जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ ।

    प्रहरीले गहन रूपमा अनुसन्धान गरेपछि प्रश्नपत्र आउट भएको घटनामा संलग्नहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पुष्टि गरेका छन् । पक्राउ परेका विद्यार्थी र कर्मचारी सबैको नाम भने गोप्य राखेको छ ।
    परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्रा डा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए ।

    प्रश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए । अनुसन्धानमा संलग्न  प्रहरी अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजार भन्दा बढी रकम दिएको जानकारि दिएका छन् ।

    आइतवार, बैशाख १२ २०७८०१:२६:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार