दिन मध्य हुँदै थियो । उनीहरू भर्खर क्याम्प २ पुगेका थिए । अचानक ठूलो हावाहुरीसहित हिमपात भयो । ढुंगाहरू बर्सिन थाले । टेन्टभित्र बसेका उनीहरू आत्तिए । ठाने– पक्कै डरलाग्दो हिमपहिरो गयो । सन् २०१५ अप्रिलको घटना हो यो । २२ वर्षीय अनिश लुइँटेल पहिलोपटक सगरमाथा यात्रामा थिए ।
झापाका उनी सिंगो जिल्लाको प्रतिनिधित्व गरेर सर्वोच्च चुचुरो चुम्ने अभियानमा थिए । उनीसहित भारत, अस्ट्रेलिया, बेल्जियमका १६ जनाको टोली थियो । हुँदाहुँदै टेन्ट नै हल्लिन थाल्यो । केही बेरमा डाँडै हल्लिएको महसुस भयो । यति बेला टोलीका हरेक सदस्यको मुहारमा डरबाहेक केही थिएन ।
एक छिन त डाँडाले झरेर किच्छ कि जस्तो फिलिङ आयो, बेस्सरी हल्लायो,’ अनिशले भने । हावा र हिमपातका कारण उनीहरू लामै समय टेन्टभित्र अड्किए । भोलिपल्ट मौसम केही सफा भयो । सबै जना क्याम्प १ फर्किए । उनीहरूले बल्ल थाहा पाए– हिमपहिरो मात्र होइन, शक्तिशाली भुइँचालो नै गएको रहेछ । हिमपहिरोमा परेर १० नेपाली सहित २२ जनाले ज्यान गुमाइसकेछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।