काठमाडौँ, सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पाले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको छ ।
विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको आरोहणसँगै उहाँ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बन्न सफल हुनुभएको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार सहायक निरीक्षक शेर्पाले ल्होत्से हिमालको आरोहण मे १८ तारिख (सोमबार) दिउँसो ३ः२५ बजे गर्नुभएको हो । यस उपलब्धिले सशस्त्र प्रहरी बल नेपालको उच्च पहाडी तथा हिमाली उद्धार क्षमतासँगै महिलाहरूको सक्रिय सहभागिता र साहसिक योगदानलाई नयाँ उचाइमा पुर्याएको छ ।
सशस्त्र प्रहरी बल नेपालले मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेपछि पर्वतीय उद्धारसम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ । निम डिकी शेर्पाको यो ऐतिहासिक आरोहणले उत्तरी सीमा सुरक्षा तथा पर्वतीय उद्धार क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।