बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

स्थानीय तहको कर्मचारीका सरुवा खुल्यो, वैशाख २० गते भित्रै पेश गरिसक्नुपर्ने निवेदन

स्थानीय तहको कर्मचारीका सरुवा खुल्यो, वैशाख २० गते भित्रै पेश गरिसक्नुपर्ने निवेदन

मेगा खबर संवाददाता

११, बैशाख २०७८
  • 4.7K
    SHARES

  • स्थानीय तहको कर्मचारीका सरुवा खुल्यो, वैशाख २० गते भित्रै पेश गरिसक्नुपर्ने निवेदन

    काठमाडाै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र १ गते सूचना जारी गर्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको थियो ।

    एक महिनापछि स्थगित भएको सरुवा सुचारु हुने भएको छ । वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार, स्थानीय तहका कर्मचारीहरुको अन्तर स्थानीय कार्यलाई थप व्यवस्थित बनाउन लोक सेवा आयोगबाट स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धि मापदण्ड ( संशोधनसहित) तयार गरेको छ ।

    जसअनुसार दोहोरो सहमति पत्र तयार भएको (प्रमुख र प्रमुख प्रशासकी अधिकृतले छाड्ने र आउने दुबै तहबाट स्वीकृती) दिएको सहमती पत्र, स्थानीय तहमा भएको नियुक्ति पत्र र कामकाजको लागि अनुरोध गरी दिएको निवेदन पत्र संग्लग्न गरी local.emp..admin@mofa.gov.np मा आगामी २० वैशाखभित्र निवेदन पेश गर्नुपर्नेछ ।

    saruwa.png

    कोभिड १९ को महामारीलाई दृष्ट्रिगत गर्दै हार्ड कपि नबुझ्ने तर अनलाइनबाटै इमेल गर्नुपर्ने मन्त्रालयले प्रष्ट पारेको छ ।

    शनिवार, बैशाख ११ २०७८०६:११:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार