बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द

धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द

मेगा खबर संवाददाता

७, बैशाख २०७८
  • 1.3K
    SHARES

  • धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द

    काभ्रे, कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णय अनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था भोलिदेखि वैशाख मसान्त सम्म बन्द हुने भएको छ ।

    जिल्ला स्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले बनेपा र धुलिखेल नगरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

    दुई नगरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बुधबारबाट बन्द गर्ने निर्णय गरियो’ पोखरेलले भने । उनका अनुसार बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्त सम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकको निर्णय पालना गरे नगरेको समेत डिसिएमसीले अनुगमन गर्ने जनाइएको छ । 

    कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले सोमबार नै देशभरका २५ शहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरे अनुसार काभ्रेपलाञ्चोकको दुई शहर बनेपा र धुलिखेल पनि थिए तर, यहाँका शैक्षिक संस्था आज निर्वाध सञ्चालनमा आए । बनेपा नगरमा ३१ सामुदायिक र ४० निजी तथा धुलिखेल नगरमा २६ सामुदायिक विद्यालय तथा ११ निजी विद्यालय सञ्चालनमा छन् ।

    बनेपाको तीन विद्यालयका केही शिक्षक र विद्यार्थीमा कोरोना देखिएको छ । यसअघि कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि देशभरका विद्यालय एकैसाथ बन्द गरिएको थियो । करिब ११ महिनापछि अर्थात् माघबाट मात्रै पूर्णरुपमा भौतिक उपस्थितिमा मात्रै कक्षा शुरु गरिएको थियो । 

    यसै बीच, काभ्रेपलाञ्चोकमा पछिल्लो समय कोरोना सङ्क्रमण दर उकालो लागिरहेको छ । हिजो नौ र आज छ सङ्क्रमित थपिएपछि मङ्गलबार साँझ सम्म जिल्लामा हाल १८ पुरुषसहित ३८ कोरोना सङ्क्रमित छन् । केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४०० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने १४ महिला सहित ४५ को मृत्यु भएको छ । १३ स्थानीय तह मध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा हाल १४ सङ्क्रमित रहेका छन् । 

    मंगलवार, बैशाख ७ २०७८०८:३०:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार