काठमाडौं, आजको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले देशै भरिको अन्य विद्यालयहरु भने बन्द गरिइएको छैन । मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठन–पाठन सुचारु हुनेछ सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले निम्न स्थानका शैक्षिक संस्था, विद्यालय कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु मात्रै बन्द गरिइएको छ ।
१ काठमाडौं ललितपुर भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु ।
२ बिरागनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु ।
३ इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु
४ मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु ।
मन्त्रिपरिषदले जारी गरेको आदेश अनुसार माथि तोकिएका स्थानका शैक्षिक संस्थाहरु आगामी बैशाख मसान्तसम्म भौतिक रुपमा बन्द हुनेछ ।
सरकारले तोकेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरु बाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाशरुको पठन–पाठन भने सुचारु हुनेछन् ।
परीक्षा नरोकिने, चिकित्सा शिक्षाको पढाइ जारी रहने
माथि तोकिएको अनुसार स्थानहरुमा भौतिक रुपमा उपस्थित नभई भर्चुअल अथवा वैकल्पिक शिक्षणका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न सरकारले भनिइएको छ ।
भौतिक रुपमा बन्द हुने भनिएका स्थानका विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न पाइने सरकारको आदेशमा उल्लेख गरिएको छ ।
सरकारले चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक पढाइहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गरी सञ्चालन गर्न दिने भएको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दैै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘चिकित्सा शिक्षा पूर्ण बन्द भएको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।