काठमाण्डाै, महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन शुक्रवार (आज) देखि सडक नाटक शुरु गरेको छ ।
करदातालाई दबाब दिएर नभइ सकारात्मक सन्देश सहित कर तिर्ने वातावरण निर्माण होस् भन्ने उद्देश्यले काठमाण्डाै महानगरपालिकाल आनुसुकी घरबेटी बा सडक नाटक’ शुरु गरेको छ । महानगरपालिकाले पहिलो चरणमा काठमाण्डाै महानगरपालिका भित्रका वसन्तपुर, कालीमाटी, कलङ्की, चावहिल, गौशाला, नयाँ बानेश्वर लगायतका १० ठाउँमा सडक नाटक गर्न लागेको छ ।

आज वसन्तपुर, कालीमाटी र कलङ्कीमा सडक नाटक भएको छ । सडक नाटक मार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको हो ।
महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतःस्फुर्त रूपमा कर तिर्नुपर्छ भन्ने अभियान अन्तर्गत सडक नाटक मञ्चन गरिएको छ । कानुनमा कर सम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के–कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रित गरेर सडक नाटक गरिएको पनि उनले बताए ।

महानगरपालिकाले पहिलो पटक सडक नाटक मार्फत कर सम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताए । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र बिस्तारै सबै ठाउँमा नाटक गरिने बताए । नाटक मार्फत करदातालाई कर तिर्नका लागि जागरुक गराउने मात्र नभइ तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको हो अधिकारीले मेगा खबरलाई जानकारि दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।