बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

वैशाख २० सम्म परिक्षा सम्पन्न गराउन वीरगंज महानगरपालिकाको निर्देशन

वैशाख २० सम्म परिक्षा सम्पन्न गराउन वीरगंज महानगरपालिकाको निर्देशन

मेगा खबर संवाददाता

३, बैशाख २०७८
  • 1.8K
    SHARES

  • वैशाख २० सम्म परिक्षा सम्पन्न गराउन वीरगंज महानगरपालिकाको निर्देशन

    वीरगंज, प्रदेश २ को एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगंज महानगरपालिकाले वैशाख २० गतेसम्म एसइइ बाहेक कक्षा ८ को  जिल्ला स्तरीय र अन्य तहको अन्तिम परिक्षा सम्पन्न गराउन निर्देशन दिएको छ ।

    वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले वीरगंज महानगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी र निजी विद्यालयहरुलाई यस्तो निर्देशन दिइएको बताए ।

    कोरोना महामारीमा अहिलेको समयमामा पर्सा–बारासहित मुलुकका १४ वटा जिल्लालाई स्वास्थ्य मन्त्रालयले अति प्रभावित जिल्लाको रुपमा वर्गिकरण गर्दै अभिभावकलाई आफना बालबालिकालाई विद्यालय नपठाउन अपिलसमेत गरेको अवस्थामा शिक्षा मन्त्रालय अहिले पनि ठोस निर्णय गर्न सकेको छैन ।

    यस अघिको शिक्षा मन्त्रालयको छलफलले स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा अधिकार सुम्पेको छ । तर नेपालको प्रमुख प्रवेशद्वार वीरगंज भएको र भारतमा कोरोना महामारी तीव्र गतिमा बढिरहेको अवस्थामा अहिले पनि वीरगंज महानगरले विद्यालय बन्द नगरेको दुखद कुरा भएको नेपाल शिक्षक महासंघ वीरगंज महानगर कमिटिका अध्यक्ष विनोद मेहताले गुनासो गरेका छन् ।

    उनले पर्सामा भेटिएको १३४ जना सक्रिय संक्रिमित मध्ये १० जना बालबालिका रहेको र कोरोना नियन्त्रण बारे स्वास्थ्य मन्त्रालयको अपिललाई सम्मानको साथ कार्यान्वयन गर्नू पर्नेमा उल्टै परिक्षा लिएर बस्ने निर्देशनले निजि विद्यालय सञ्चालकसंगको महानगरको स्वार्थ जोडिएको हुन सक्ने उनले आरोप लगाए ।

    विद्यालय बन्द गर्दा शैक्षिक सत्र तथा अन्तिम परिक्षा प्रभावित हुने भएकोले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै महनगरले विद्यालय बन्द हालसम्म नगर्ने अडान लिइएको बताइएको छ ।

    शुक्रवार, बैशाख ३ २०७८०१:५३:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार