बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामाजिक बिकास मन्त्रालयको अनुदान रकमबाट पुस्तकालय स्थापना

सामाजिक बिकास मन्त्रालयको अनुदान रकमबाट पुस्तकालय स्थापना

मेगा खबर संवाददाता

१४, आषाढ २०७७
  • 3.9K
    SHARES

  • सामाजिक बिकास मन्त्रालयको अनुदान रकमबाट पुस्तकालय स्थापना
    सिन्धुपाल्चोक जिल्लाको कर्णाली भनेर चिनिने जुगल गाउँपालिकामा “बालबालिका, युवायुबती, बृद्धबृद्धा र आम नागरिकको सर्बाङ्गिन बिकासको लागि ज्ञान आर्जन” भन्ने मुख्य उद्देश्यले जुगल गाउँपालिका वडा न ५ राम्चेमा सामुदायिक पुस्तकालय स्थापना गरी सञ्चालनमा आएको छ ।

    बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको आ.ब.०७६।०७७ को बजेट मार्फत पुस्तकालय स्थापनाको लागि आएको अनुदान रकम ५ लाखबाट करिब ४०० थान विभिन्न खाले पुस्तक, दराज, कुर्र्सी, टेबल, ल्यापटप र ईन्टरनेट समेत जडान गरी पुस्तकालय सञ्चालनमा ल्याएको सो पुस्तकालयका अध्यक्ष रञ्जित आचार्यले जानकारी दिए ।

    पुस्तकालय समितिका कोषाध्यक्ष अम्बिका नेपालले पुस्तकालयमा रहेका सम्पुर्ण पुस्तकहरु नै ज्ञानको भन्डार हुने र यसबाट ज्ञान आर्जन गर्न सकिने हुँदा, यसलाई संचालन गर्नु परेकोे बताईन । उनले पुस्तकका साथै, इन्टरनेट र सञ्चार साधनको माध्यमबाट गाउँ गाउँमा सूचना र ज्ञानको वृद्धि गर्न यस पुस्तकालयले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास समेत ब्यक्त गरिन् ।

    आइतवार, आषाढ १४ २०७७०५:२१:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार