काठमाडौं, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान तत्काल गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
त्यसको बोधार्थ शिक्षा विकास तथा समन्वय एकाइलाई समेत पठाइएको छ । चैत ३१ गते मंगलबार एक परिपत्र जारी गर्दै केन्द्रले दरबन्दी मिलान नगरेका स्थानीय तहलाई शिक्षक दरवन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ अनुसार यथाशीघ्र दरबन्दी मिलान गर्न निर्देशन दिएको छ ।
दरबन्दी मिलान नगरेका स्थानीय तहमा खुद पुल दरबन्दी बराबरको संख्यामा शिक्षक तलब भत्ता निकासा नगरिएको केन्द्रले जनाएको छ । दरबन्दी मिलानको कार्य सम्पन्न नभएमा खुद पुल दरबन्दीका शिक्षकहरूको तलबभत्ताका लागि सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुने केन्द्रको परिपत्रमा उल्लेख गरिइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।