आफ्ना विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलले मंगलबारदेखि नियमित कक्षा बन्द गरेको छ । स्कुलले सूचना जारी गर्दै भनेको छ, ‘कोरानो महामारीमा सरकारलाई हामी सघाउन चाहन्छौं । अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको जानकारी गराइन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरे पनि सीसीएमसी र मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेपछि विद्यालय सञ्चालक आफैंले पठनपाठन स्थगन गर्न थालेका हुन् ।
कोरोनाकै कारण मध्यपुर थिमी नगरपालिकाको एक निजी विद्यालयमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको कान्ति बाल अस्पतालमा शनिबार मृत्यु भइसकेको छ । विद्यार्थीको मृत्युपछि एक दिन बिदा दिए पनि त्यहाँ कक्षा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार पनि ४८ जना बालबालिकालाई कोरोना देखिएको छ । जसमा पर्साका मात्रै १० जना छन् । मंगलबार दुई वर्षीया बालिकामा समेत कोरोना पाइएको छ । चैत १४ यता मात्रै ३ सय ५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।
बिरामी भएका बच्चा मात्रै पीसीआर परीक्षणका लागि जाने गरे पनि संक्रमितको संख्या धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इढीसीसी) का निर्देशक डा। कृष्णप्रसाद पौडलले बताए ।
मंगलबार ५ सय १७ जना (एन्टिजेन परीक्षणसहित) लाई कोरोना पोजेटिभ देखिएकोमा ४८ जना १८ वर्षभन्दा मुनिका छन् ।यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।