काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड बनाएको छ । छापावाला सुन अघिल्लाे दिनकाे तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेकाे छ ।
छापावाला आइतबार सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि गत बुधबार र बिहीबार ९१ हजार १ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।
शुक्रबार भने तोलाको ९० हजार ६ सय रुपैयाँमा सुनको किनबेच भएको थियो । आइतबार तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा काराबार भइरहेको महासंघले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।